6 years ago
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल र बंगलादेशको खेल १-१ को बराबरीमा सकिएको छ । यस नतिजासँगै नेपाल दोस्रो चरणमा पुग्ने पक्का भएको छ ।
म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।
सुरुवाती दुई खेलमा पनि भारत र म्यानमारसँग नेपालले ३ खेलमा ३ अंक जोड्दै छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । समूहमा भारत र म्यानमारको खेल भने केहिबेरमा हुनेछ । यस खेलको नतिजाले नेपालको स्थान परिवर्तन नहुने भएपनि नेपाल उत्कृष्ट २ तेस्रो स्थानको टोलीमा पर्दै छनोट भएको हो । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।
समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबनेपनि उत्कृष्ट दुई तेस्रो टोलीको हिसाबले दोस्रो चरणमा पुग्ने भएको हो । भारत र म्यानमार पनि समूहमा शीर्ष दुई टोलीमा पर्दै छनोट भएका हुन् ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]