6 years ago
November 13, 2018
एजेन्सी – प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि कार्यवाहकको भूमिका निर्वाह गरेका सान्टियागो सोलारी नै रियलको पूर्ण प्रशिक्षकमा नियुक्त हुने भएका छन् ।
स्पेनिस लिगको नियमअनुसार दुई सातासम्म मात्र कार्यवाहकको भूमिकामा बस्न सकिने प्रावधान छ । रियलले आइतबार राती सेल्टा भिगोविरुद्ध जित दर्ता गरेसँगै सोलारीको नयाँ सम्झौता स्पेनिस फुटबल महासंघलाई बुझाइसकेको मार्साले जनाएको छ । क्लबले अब छिट्टै औपचारिक कार्यक्रम गरेर उनलाई पूर्ण प्रशिक्षकको पदमा नियुक्त गरेको सार्वजनिक गर्नेछ ।
लोपेटेगुईले एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ५-१ को लज्जास्पद हार बेहोरेपछि जागिर गुमाएका थिए । उनको स्थानमा आएका सोलारीले भने ४ खेलमा शत प्रतिशत जितको नतिजा हात पारेका छन् । उनले यसक्रममा मेलिला, रियल भालाडोलिड, भिक्टोरिया प्लेजन र सेल्टा भिगोलाई पराजित गरे । यसक्रममा क्लबले १५ गोल पनि गरिसकेको छ ।
रियलको लागि पछिल्लो १ सय १६ वर्षमा नयाँ प्रशिक्षकको लागि यो उत्कृष्ट सुरुवात पनि हो । रियलले लगातार जितको नतिजा कायम राख्ने लक्ष्यसहित सोलारीलाई जिम्मेवारी सुम्पिएको हो । लोपेटेगुईको आगमनसँगै रियलको नतिजा निकै खराब भएको थियो । लिगको आठौँ स्थानमा पुगेको रियलले सोलारीको आगमनपछि भने निकै राम्रो प्रदर्शन गरिरहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]