default_image

6 years ago

November 12, 2018

ओलम्पिक छनोट : बंगलादेशलाई हराए नेपाल दोस्रो चरणमा छनोट हुने

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् । नेपालले बंगलादेशलाई पराजित गरेमात्र दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी गर्दै उत्कृष्ट सुरुवात लिएको छ । समूहको अन्य खेलमा भने बंगलादेशले फराकिलो हार बेहोरेको छ । पहिलो दिनको खेलमा म्यानमारले बंगलादेशलाई ५-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा  भारतले ७-१ को भारी अन्तरले पाखा लगाएको थियो । यस नतिजासँगै म्यानमार २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान अंक बोकेको भारत गोलअन्तरमा दोस्रो छ भने नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।

नेपालले यसअघिका दुवै खेलमा अग्रता लिनुका बाबजुद गोल खाँदै बराबरी नतिजामा चित्त बुझाउनु परेको छ । पहिलो खेलमा निरु थापाले ११ औं मिनेटमा गोल गर्दा भारतकी कमला देवीले ३७ औं मिनेटमा गोल फर्काएकी थिइन् । दोस्रो खेलमा नेपालले म्यानमारविरुद्ध दोस्रो मिनेटमा नै सावित्रा भण्डारीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर त्यसको १० मिनेट नबित्दै गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कर्नरमा आएको बललाई रोक्न नसक्दा म्यानमारले बराबरी गोल फर्कायो ।

ओलम्पिक छनोटमा भारतविरुद्ध गोल गरेपछि निरु थापा

नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा ओलम्पिक छनोटमा जित दर्ता गर्न सकेको छैन । आक्रमणमा पाएको अवसर चुकाउँदा पनि नेपाल जितविहिन हुनु पारेको हो । यद्यपी भारत र म्यानमार नेपालभन्दा बलिया टोली हुन् । दुवै खेलमा बराबरी हुँदा पनि नेपालको छनोट हुने सम्भावना बलियो नै रहेको छ । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।

प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने एन्फाले जनाएको छ । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ । बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत-म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.