6 years ago
November 12, 2018
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए अन्तर्गत अाइतबार युभेन्टस र एसी मिलानबिचको खेलमा रातो कार्ड पाएका मिलानका स्ट्राइकर गोन्जालो हिगुअाइनको बचाउ गरेका छन् ।
युभेन्टसका लागि रोनाल्डोसँगै अर्का फरवार्ड मारियो मान्जुकिचले १-१ गोल गर्दा युभेन्टस २-० ले विजयी रहेको थियो । तर विपक्षी फरवार्ड हिगुअाइनको लागि भने खेल सुखद रहेन । पूर्व क्लब युभेन्टसविरुद्ध उनले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरी गर्ने मौका चुकाए । खेलको अन्तिम समयमा उनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नुपर्यो । उनले रेफ्रीसँग वादविवाद गर्दै मुखामुख गरेपछि रातो कार्ड पाएका थिए ।
रोनाल्डोले भने हिगुअाइनले अावेशमा त्यस्तो व्यवहार देखाएको र कडा कारवाहि नहोस् भन्ने अाशा रहेको बताएका छन् । ‘ मैले उनलाई संयमित हुन भनेको थिएँ । उनले अझै ठूलो कारवाही भोग्ने सम्भावना भएकाले मैले त्यसो भनेको हो,’ रोनाल्डोले थपे, ‘ उनी खेलमा पराजित भएकाले चिढीएका थिए । कहिलेकाही त्यसो हुन्छ र हामीले बुझेका छौं । अाशा छ उनलाई कडा कारवाही हुने छैन ।’
च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध पराजित भएपछि युभेन्टस राम्रो पुनरागमन गरेको छ । रोनाल्डोले सात खेलमा छैटौं गोल गर्दै लयमा फर्केको संकेत दिएका छन् । युभेन्टसले लिगको १२ खेलमा ३४ अंक जोड्दै उपाधि होडमा फराकिलो अग्रता कायम गरिसकेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]