6 years ago
November 12, 2018
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अाइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।
फरवार्ड मारियो मान्जुकिचले अाठौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै दवाव कायम गरे । पहिलो हाफमा थप अवसर पाएपनि युभेन्टसले अग्रता बढाउन सफल भएन ।
मिलानले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि फरवार्ड गोन्जालो हिगुअाइन त्यसमा सफल भएनन् । मिलानले पाएको पेनाल्टीमा हिगुअाइनको प्रहार गोलरक्षक वजचिएक सेचेज्नीले बचाए । खेलको अन्तिम समयमा युभेले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोले ८३ अौं मिनेटमा गोल गर्दै युभेन्टसको जित पक्का गरे ।
रोनाल्डोले गोल गरेको केहि बेरमै हिगुअाइन लगातार पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । डिफेन्डर मेधि बेनाटियालाई फल गरेपछि उनले पहिलो कार्ड पाए । तर रिसको झोंकमा राफ्रिको मुखै अगाडि कराएपछि उनले दोस्रो कार्ड पनि पाए ।
यस जितसँगै युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता कायम राख्न सफल भएको छ । पछिल्लो ६ सिजन लगातार लिग जितेको युभेलाई नेपोलीले पछ्याइरहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]