6 years ago
November 12, 2018
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि सिटी पुनः लिगको शिर्षस्थानमा उक्लेको छ।
पहिलो हाफदेखि नै खेलमा पकड बनाएको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो। नजिकबाट उनको कडा प्रहारलाई युनाइटेडको गोल किपर डे ह्याले रोक्न सकेनन्।
खेलमा ६५ प्रतिशत पोजेसन राखेको सिटीले दोस्रो हाफको सुरुआतमा सर्जियो अगुएरोको बलियो प्रहारबाट अग्रता दोब्बर गर्यो। अगुएरोले दाँयापट्टीबाट गरेको प्रहारले डे ह्यालाई कुनै मौका दिएन। ५८ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे। सिटीका गोलकिपर एडरसनले लुकाकुलाई लडाएपछि पाएको पेनाल्टीलाई मर्सियालले गोलमा परिणत गरेका थिए।
युनाइटेडले बराबर गर्ने केहि प्रयास गरेपनि सिटी खेलमा हावी देखियो। ८६ औं मिनेटमा गुण्डोगनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। जितपछि १२ खेलमा सिटीको ३२ अंक छ। दोस्रो स्थानमा रहेको लिभरपुलको ३० अंक छ। आजै भएको खेलमा लिभरपुलले फुल्ह्यामलाई २-० ले पराजित गर्दा मोहम्मद सलाह र जर्दन शकिरीले गोल गरेका थिए। तेस्रो स्थानमा चेल्सीको २८ अंक छ। घरेलु मैदानमा एभर्टनसँग गोलरहित बराबरी गरेपछि चेल्सीले अंक गुमाएको थियो। सिटी, लिभरपुल र चेल्सी हालसम्म लिगमा अपराजित छन्।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]