6 years ago
November 11, 2018
एजेन्सी – चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा ४-३ को जित दर्ता गरेको हो ।
पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिए । पहिलो हाफमा २-० ले पछाडी परेको बार्सिलोनाले दोस्रो हाफको लागि मिडफिल्डर आर्थर मेलोको स्थानमा आर्टुरो भिडाललाई मैदान प्रवेश गराएको थियो ।
दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रहयो । ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुन कायम गर्यो । टेलोकै पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३-१ ले अगाडी बढाए ।
वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना पातलियो । ८३ औं मिनेटमा सर्जियो कानालेसले बार्सिलोनालाई थप समस्या दिए । फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले २ गोलको अग्रता कायम राखे । इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए ।
यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ । ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ र जित दर्ता गरेमा बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ ।
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]