6 years ago
November 11, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा फुलहमलाई २-० ले पराजित गरको छ । यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
लिभरपुलको जितमा मोहमद सलाह र जेर्डान साकिरीले क्रमश पहिलो र दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ सकिनुभन्दा ४ मिनेटअगाडी लिभरपुलले सलाहको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा गोलरक्षक एलिसन बेकरले उपलब्ध गराएको पासलाई ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले सलाहलाई दिंदै सलाहले सहज गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमा नै एन्डी रोबर्टसनको पासमा साकिरीले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
यस जितसँगै लिभरपुलले १२ खेलमा ३० अंक जोडेको छ । ११ खेलमा २९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । सिटीले आइतबार नै म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । चेल्सीले पनि लिभरपुललाई उछिन्ने अवसर पाउनेछ । ११ खेलमा २७ अंक जोडेको चेल्सी केहीबेरमा एभरटनसँग खेल्दैछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]