default_image

6 years ago

November 11, 2018

बार्सिलोना कप्तान मेसी बेटिसविरुद्ध खेल्ने टोलीमा समावेश !

86 views

0 Bookmark

एजेन्सी – पछिल्लो तीन सातादेखि चोटका कारण मैदानबाहिर रहेका बार्सिलोना कप्तान लिओनेल मेसी आइतबार ला लिगाअन्तर्गत बार्सिलोना र रियल बेटिसको खेलमा टोलीमा फर्कने भएका छन् । यद्यपी उनले सुरुवात गर्ने वा बेन्चमा बस्ने भन्ने यकिन भइसकेको छैन ।

Messi barcelona

अक्टोबर तेस्रो साता लिग खेलमा चोट बोकेका मेसीको अनुपस्थितिमा बार्सिलोनाले ५ खेल खेलेको थियो । त्यसमध्य बार्सिलोना ४ खेलमा विजयी रहयो भने पछिल्लो खेलमा इन्टर मिलानसँग १-१ को बराबरीमा रोकियो । यसबीचमा बार्सिलोनाले एक क्लासिकोमा रियल म्याड्रिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा लुइस सुआरेजले ह्याट्रिक पनि गरेका थिए ।

मेसीले बेटिसविरुद्ध खेल्ने पक्का भएसँगै बार्सिलोनाको समस्या केहि सुल्झिएको छ । यस खेलका लागि फिलिपे कोउटिन्हो चोटका कारण अनुपस्थित रहनु र प्रशिक्षक एर्नेस्टो भालभेर्डेले ओस्मान डेम्बेलेलाई टोलीमा नसमेट्दा आक्रमण केहि कमजोर हुने आँकलन गरिएको थियो । आक्रमणमा लुइस सुआरेज र मेसी उपस्थित भएसँगै यो चिन्ता भने सकिएको छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.