6 years ago
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग खेलिरहेको छ । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा छ ।
नेपालले खेलको सुरुवाती मिनेटमा अग्रता लिएपनि त्यसलाई बचाउन सकेन । नेपालको लागि खेलको दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर खिन मो वाईले १३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन । वाईले प्रहार गरेको कर्नर नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गर्दा सिधै गोलमा परिणत भएको थियो ।
त्यसअघि भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । भारतका लागि बालादेवीले ४, कमला देवीले २ तथा संजुले १ गोल गरिन् । बंगलादेशको लागि कृष्णा रानीले सान्त्वना गोल गरेकी थिईन । नेपालले पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको थियो । बंगलादेश भने म्यानमारसँग पहिलो खेलमा ५-० ले पराजित भएको थियो ।
नेपालले यस खेलमा जित दर्ता गरेमा अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ । बराबरी भएको खण्डमा अन्य खेलको नतिजाको आधारमा नेपालको छनोट सम्भावनाको समीकरण तयार हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]