6 years ago
November 11, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम देखिएको हो ।
युभेन्ट्सविरुद्ध बुधबार च्याम्पियन्स लिगको खेलमा २५ वर्षे पोग्बा पुरा समय खेलका थिए । जुन खेल युनाइटेडले २–१ ले जितेको थियो । युनाइटेडले भने सामान्य चोट भएका कारण विश्वकप विजेता पोग्बा आइतबार सिटीविरुद्ध हुने खेलमा उत्रने जनाएको छ । पोग्बाले टोलीका अन्य खेलाडीसँग अभ्यास नगरेपनि शुक्रबार पोग्बाले इन्डोर अभ्यास गरेको बताइएको छ ।
युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकु सिटीविरुद्ध खेल्नेमा पहिला देखि नै शंका छ । ह्यामस्ट्रिङ समस्याका कारण उनले बोर्नमाउथ र युभेन्ट्ससँगको खेल गुमाएका थिए । यद्दपी लुकाकुले शुक्रबार टोलीका अन्य खेलाडीका साथ अभ्यास गरेका छन् ।
‘लुकाुकले टोलीका साथ अभ्यास गरेका छन्,’ युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भने, ‘अझै एक सेसन अभ्यास छ । त्यसपछि सकारात्मक जवाफ आएमा उनी खेल्नेछन् । तर अहिले उनले अभ्यास गरे मात्र भन्न सकिन्छ । त्यसपछिको जवाफ अहिले भन्न सकिन्न ।’
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]