default_image

6 years ago

November 9, 2018

जर्मन टोलीमा मार्को रिउसको पुनरागमन

49 views

0 Bookmark

एजेन्सी – जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउले यूईएफए नेसन लिग अन्तर्गत नेदरल्यान्डविरुद्ध हुने खेलका लागि टोलीको घोषणा गर्दा बोरुसिया डर्टमुन्डका मार्को रिउसलाई टोलीमा समेटेका छन् ।

जारी सिजन उत्कृष्ट लयमा रहेका रिउसले जर्मनीको खराब फर्मलाई अन्त्य गर्न प्रयास गर्नेछन् । रिउसको उत्कृष्ट प्रदर्शनसँगै डर्टमुन्ड अंक तालिकाको शीर्ष स्थानमा छ । २९ वर्षीय रिउसले हालसम्म यस सिजन क्लबका लागि ६ गोल गरेका छन् । लोउले घोषणा गरेको टोलीमा गोलरक्षक मार्क आन्देर टेर स्टेगन र डिफेन्डर जेरोम बोटेङलाई भने विश्राम दिइएको छ ।

रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस पनि टोलीमा समावेश गरिएका छन् । उनले नोभेम्बर १९ मा नेदरल्यान्डविरुद्ध हुने खेलमा प्रतिस्पर्ध गर्नेछन् । त्यसको ४ दिनपछि जर्मनीले मैत्रीपूर्ण खेलमा रुसको सामना गर्नेछन् । क्रुस उक्त खेलमा भने उपस्थित हुने छैनन् ।

बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगन भने काँधमा लागेको समन्य चोटका कारण टोलीमा नपरेका हुन् । उनलाई विश्राम दिने निर्णय प्रशिक्षकले लिएका थिए । यता डिफेन्डर बोटेङले पनि प्रशिक्षकसँग सल्लाह गरेर क्लबमा नै रहेर प्रशिक्षण गर्ने बताएका हुन् । फिटनेसमा समस्या भएका कारण उनले प्रशिक्षकसँग सल्लाह गरेर यस अन्तर्राष्ट्रिय ब्रेकबाट विश्राम लिएका हुन् ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.