6 years ago
November 9, 2018
एजेन्सी – क्याटलान क्लब बार्सिलोना हाल कप्तान लिओनेल मेसीबिना नै खेलिरहेको छ । पछिल्ला ५ खेलमा टोलीमा मेसीको उपस्थिति नभएपनि बार्सिलोनाले ४ जित र १ बराबरी गर्न सफल भएको छ ।
ला लिगामा सेभिल्लाविरुद्ध खेलमा चोट बोकेपछि मैदान छाडेका मेसी त्यसयता टोलीको खेल हेर्न मैदानको दर्शकदिर्घामा भने नियमित उपस्थिति जनाइरहेका छन् । मेसीको अनुपस्थितिमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको थियो । त्यसपछि इन्टर मिलानलाई च्याम्पियन्स लिगमा २-० ले पराजित गर्न सफल बार्सिलोनाको लागि मेसीको अनुपस्थिति घाटामात्र भएको छैन । मेसीको अनुपस्थितिमा बार्सिलोनाले पाएको ४ फाइदा :
सुआरेजले लय समात्ने मौका पाए
कप्तान मेसीको अनुपस्थितिमा सुआरेजले गोल गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । सिजनको सुरुवातमा गोल गर्न नसकेका कारण आलोचनाको पात्र बन्दै आएका सुआरेजले आफ्नो स्तर प्रदर्शन गर्दै उत्कृष्ट खेल पस्किए । उनले विशेषत रियल म्याड्रिडविरुद्ध गरेको ह्याट्रिक र ला लिगामा रायो भालेकानोविरुद्ध गरेको दुई गोलले उनको हौसला अझै बढेको थियो ।
टोली एकतृत रुपमा अझै बलियो
रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डो उपस्थित नहुँदा टोलीको प्रदर्शन र नतिजा खस्कियो । धेरैले मेसी नहुँदा बार्सिलोना पनि सोहि स्थितिमा पुग्ने आँकलन गरेका थिए । तर बार्सिलोनाले तिनलाई गलत तुल्याउँदै ५ खेलमा ४ जित दर्ता गर्यो । मेसीको अनुपस्थितिमा टोलीका अन्य खेलाडीले थप मिहिनेत गर्दै उनको कमी महसुस हुन दिएनन् । लुइस सुआरेजले अग्रपंक्ति सम्हाले, आर्थर मेलोले मध्यक्रममा लगातार डटिरहे, बुस्केट्सले मध्यक्रम सम्हाले, अन्य खेलाडीले पनि आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे ।
बार्सिलोनाको असली परिचय
पछिल्लो एक दशक बार्सिलोनाको सफलतामा मेसीको ठूलो हात रहेको सर्वविदितै छ । मेसीले धेरैपटक बार्सिलोनाको उद्दार नै गरेका छन् । तर मेसीबिना पनि बार्सिलोनाले आफ्नो प्रभाव कायम राख्यो । स्पेनको सबैभन्दा महत्त्वपूर्ण खेल एल क्लासिकोमा रियल र बार्सिलोना विश्वका उत्कृष्ट दुई खेलाडी बिनै लामो समयपछि उत्रिएका थिए । बार्सिलोनाले घरेलु मैदानमा फराकिलो जित दर्ता गर्दै विश्व फुटबललाई नै आफ्नो परिचय सधैं उही रहने संदेश दियो ।
मेसीपछि बार्सिलोना कस्तो हुनेछ
पछिल्लो समय मेसी घाइते हुँदा बार्सिलोनाको नतिजामा पनि प्रत्यक्ष असर पर्ने गरेको थियो । एक समय बार्सिलोना रिभाल्दो, रोनाल्डिन्हो लगायत खेलाडीमा निर्भर थियो । अहिले मेसीमा छ । र जस्तो प्रदर्शन मेसीबिना बार्सिलोनाका खेलाडीले गरे, त्यसले पनि भविष्यमा बार्सिलोनाले आफ्नो स्तर कायम राख्ने देखिएको छ । युवा खेलाडीले मेसीको अनुपस्थितिमा गरेको प्रदर्शनले बार्सिलोनालाई केहि आशा गर्ने ठाउँ बनेको छ । फिलिपे कोउटिन्हो, ओस्मान डेम्बेले, सर्जी रोबर्टो, अर्थर मेलो, लगायत खेलाडीले बार्सिलोनाको भविष्य उज्ज्वल बनाउने छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]