default_image

6 years ago

November 8, 2018

रोनाल्डो अझै पोर्चुगलको राष्ट्रिय टोलीमा अटाएनन्

106 views

0 Bookmark

एजेन्सी  – रुसमा सम्पन्न फिफा विश्वकप २०१८ यता राष्ट्रिय टोलीमा स्थान नपाएका इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरी पनि राष्ट्रिय टोलीमा अटाएका छैनन्

प्रशिक्षक फर्नान्डो सान्टोसले यूईएफए नेसन्स लिगको अन्तिम दुई खेलका लागि घोषणा गरेको टोलीमा अन्य सिनियर खेलाडी पुनरागमन गर्दा रोनाल्डो भने टोलीमा पर्न सकेनन् । यसअघि पोर्चुगलको स्थानीय संचार माध्यमले रोनाल्डो टोलीमा पर्ने सम्भावना रहेको बताएपनि प्रशिक्षक सान्टोसले रोनाल्डोलाई टोलीमा समेटेका छैनन् । उनलाई सन् २०१९ सम्म राष्ट्रिय टोलीबाट विश्राम दिने निर्णय लिएको बुझिएको छ ।

रोनाल्डोको उपस्थितिबारे प्रश्न राख्दा प्रशिक्षक सान्टोसले रोनाल्डो ब्यालोन डी’ओर जित्नुपर्ने हुन् भन्ने जवाफ दिए । उनले त्यसबाहेक अन्य केहि कारण बताउन चाहेनन् । रोनाल्डो आफैंले क्लब फुटबललाई प्राथमिकतामा राख्दै आफूलाई राष्ट्रिय टोलीको जिम्मेवारीबाट केहि समय मुक्त गर्न आग्रह गरेको चर्चा पोर्चुगलमा चलेको छ । रोनाल्डोले राष्ट्रिय टोलीमा उनको अनुपस्थितिमा पनि बलियो होस् भन्ने हेतुले यो निर्णय लिएको ती रिपोर्टले जनाएका छन् ।

प्रशिक्षक सान्टोसले अनुभवी डिफेन्डर जोसे फोन्टे र राफेल गुरेरोलाई टोलीमा समेटेका छन् । मिडफिल्डरद्वय आन्द्रे गोमेस र जोआओ मारिओ पनि टोलीमा समावेश गरिएका छन् । यी चारै खेलाडीलाई पछिल्लो पटक विश्राम दिइएको थियो । यसपटक भने यूईएफए नेसन्स लिगमा नतिजामुखी भएर नै प्रशिक्षक सान्टोसले टोली घोषणा गरेका हुन् ।

पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत अन्तिम दुई खेलमा इटाली र पोल्यान्डसँग खेल्दैछ । इटालीसँगको खेल १७ नोभेम्बरमा हुनेछ भने पोल्यान्डसँग २० नोभेम्बरमा घरेलु मैदानमा हुनेछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.