default_image

6 years ago

November 8, 2018

रियल म्याड्रिडका कप्तान रामोसले माफी मागे

65 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा भएको एक घटनालाई लिएर माफी मागेका छन्

च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियलले भिक्टोरिया प्लेजनलाई ५-० ले पराजित गरेको थियो  उक्त खेलमा प्लेजनका मिलान हाभेललाई खेलका क्रममा रामोसको कुइनोले लाग्दा नाक फुटेर रक्ताम्य भएको थियो । खेल गोलरहित बराबरीमा रहेको अवस्थामा रामोस र हाभेल बलका लागि  भिड्दा रामोसको कुइनोले हाभेलको नाकमा लागेको थियो ।

नाकमा चोट लागेपछि हाभेलले पहिलो हाफ समाप्त हुनुभन्दा ७ मिनेट अगाडी मैदान छाडेका थिए । उक्त घटनालाई रेफ्री डेनिस अतेकिनले कुनै कारवाही गरेका थिएनन् । रामोसले पनि उक्त कार्य जानाजान नगरेको बताएका छन् । उनले ट्विट गर्दै हाभेललाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

‘हामीले जित दर्ता गर्दै अगाडी बढ्ने हो र सिक्ने पनि हो । फुटबलले सधैं केहि कुरा सिकाउँछ । आज मैले त्यसरी आक्रामक भएर जानु नहुने थियो । मेरो सोच मिलानलाई चोट पुर्याउने थिएन । शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ रामोसले लेखेका छन् ।

salah ramos

यसअघि गत सिजन यूईएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका मोहमद सलाहलाई लडाएपछि सलाह घाइते भएका थिए । विश्वकपमा पनि एक खेल गुमाएका सलाहको चोट नै च्याम्पियन्स लिगमा लिभरपुल हार्नुको मुख्य कारक मानिएको थियो । रामोसलाई अझैसम्म पनि सलाहले माफी नदिएको सार्वजनिक कार्यक्रममा नै प्रष्ट देखिएको थियो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.