6 years ago
November 8, 2018
एजेन्सी – कप्तान लिओनेल मेसी चोटका कारण मैदानबाहिर रहेको अवस्थामा बार्सिलोनालाई अर्को झट्का लागेको छ । ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् ।
देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य टोलीले कोउटिन्हो उपलब्ध नहुने जानकारी दिएको छ । मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा कोउटिन्हो घाइते भएका थिए । उक्त खेल १-१ को बराबरीमा टुंगिएको थियो । खेलमा सुरुवाती रोजाईबाट खेलेका कोउटिन्हो पुरै ९० मिनेट नै मैदानमा बिताएका थिए ।
कोउटिन्होले स्पेनिस लिग अन्तर्गत आइतबार हुने रियल बेटिसविरुद्धको खेल गुमाउने पक्का भएको छ । त्यसपछि रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दुई खेल खेल्दैछ । कोउटिन्होले दुवै खेल गुमाउने पक्का भएको छ । मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वे र क्यामरुनको सामना गर्दैछ । त्यसपछि नोइभेम्बर २४ मा लिगको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडसँग खेल्दैछ भने मध्यसातामा पीएसभीसँग च्याम्पियन्स लिग खेल खेल्नेछ ।
जारी सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका कोउटिन्होले राम्रो प्रदर्शन गरिरहेका थिए । उनले अब डिसेम्बर पहिलो साता हुने भिलारियलविरुद्ध खेलमा पुनरागमन गर्ने सम्भावना रहेको छ । बार्सिलोना हाल ला लिगाको शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]