default_image

6 years ago

November 8, 2018

ओलम्पिक छनोट : नेपाल र भारतको बराबरी, हालसम्मकै सर्वश्रेष्ठ नतिजा

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को महिला फुटबलको एसियाली छनोटको प्रारम्भिक चरण अन्तर्गत समूह सी को पहिलो खेलमा नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपालले सुरुवाती अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दै नेपाललाई अगाडी बढाएकी थिइन् । तर पहिलो हाफ सकिन ८ मिनेट बाँकी हुँदा भारतले बराबरी गोल फर्कायो । भारतका लागि कमला देवी युम्नामले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन ।

दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल खेलेका थिए । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेनन् । यस बराबरीसँगै अंक तालिकामा दुवै टोलीको १-१ अंक भएको छ । समूहको अर्को खेलमा आज आयोजक म्यानमार र बंगलादेश भिड्दैछन् ।

नेपाल र भारतबीच अहिलेसम्म नेपालले जित दर्ता गर्न सकेको छैन । यो भारतविरुद्ध नेपालको दोस्रो बराबरी पनि हो । यसअघिका ८ खेलमा नेपाल ७ खेलमा पराजित भएको थियो भने १ खेल मात्र बराबरीमा टुंगिएको थियो । सन् २०१६ को दक्षिण एसियाली खेलकुदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यस हिसाबले भारतविरुद्ध नेपालले आज हात पारेको १-१ बराबरी नै सर्वश्रेष्ठ नतिजा हो ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

नेपालको सुरुवाती ११ : एन्जिला तुम्बापो सुब्बा, हिरा भुजेल, पुनम जर्घामगर, गीता राना, मनमाया लिम्बू, रेनुका नगरकोटे, दिप राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, निरु थापा (कप्तान), सावित्रा भण्डारी

तस्बिर सौजन्य : म्यानमार फुटबल महासंघ

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.