6 years ago
November 8, 2018
एजेन्सी – खेलको अन्तिम ५ मिनेटमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा जित हात पारेसँगै युनाइटेडको दोस्रो चरणमा छनोट हुने सम्भावना पनि मजबुत भएको छ ।
क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलमा युभेन्ट्सले खेलको ६५ औं मिनेटमा अग्रता लिएको थियो । लिओनार्डो बोनुचीको लामो पासलाई पहिलो प्रहारमै उनले पेनाली क्षेत्रभित्र बाट गोलमा परिणत गरेका थिए । युभेन्ट्सका लागि उनको यो पहिलो च्याम्पियन्स लिग गोल पनि थियो । त्यसअघि पहिलो हाफमा युभेन्ट्सका लागि सामी खेडीराको प्रहार पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफमा पाउलो डिबालाको प्रहारमा पनि क्रसबार बाधक बन्यो ।
म्यानचेस्टर युनाइटेडले खेलको अधिकांश समय आक्रमणमा जान पाएन । युभेन्ट्सको दबाब निस्तेज पार्न व्यस्त देखिएको युनाइटेडले ८६ औं मिनेटमा अगता लिएको थियो । जुआन माटाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो । त्यसको तीन मिनेट पछि पाहुना टोली युनाइटेडले अग्रता लियो । एस्ली योङले प्रहार गरेको फ्रिकिकलाई एलेक्स सान्ड्रोले आफ्नै पोस्टको दिशा दिएपछि खेल युनाइटेडको पक्षमा पुगेको थियो ।
समूह चरणको दुई खेल बाँकी रहँदा युनाइटेड दोस्रो स्थानमा नै छ । युभेन्ट्सको ४ खेलमा ९ अंक छ भने युनाइटेडले ७ अंक जोडेको छ । बुधबार नै भ्यालेन्सियाले योङ ब्वाइजलाई पराजित गर्दै ५ अंक बनाएको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]