default_image

6 years ago

November 8, 2018

रियल म्याड्रिड अवे मैदानमा ५-० ले विजयी

76 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ ।

पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल म्याड्रिडका लागि २ सयौं गोल पनि थियो । त्यसको तीन मिनेटमै रियलले क्यसेमिरोको गोलमा अग्रता दोब्बर पार्यो ।

खेलको ३७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० ले अगाडी बढाए । पहिलो हाफको ५ मिनेट समय बाँकी छँदा ग्यारेथ बेलले गोल गर्दै हाफ टाइममा ४-० को अग्रता दिलाए । उत्कृष्ट खेल पस्केको म्याड्रिडका लागि दोस्रो हाफमा टोनी क्रुसले दर्शनीय गोल गरे । ६७ औं मिनेटमा जर्मन मिडफिल्डरले विपक्षी गोलरक्षक एलेस ह्रुसकालाई चिप गर्दै गोल गरेका थिए ।

प्रशिक्षक जुलेन लोपेटेगुईलाई गत महिना बर्खास्त गरेयता रियलका कार्यवाहक प्रशिक्षक सान्टियागो सोलारीले राम्रो नतिजा दिलाएका छन् । उनको नेतृत्वमा टोलीले लगातार तेस्रो जित दर्ता गर्यो । यसक्रममा टोलीले कुनै गोल नखाई ११ गोल गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको रियलले अर्को खेलमा अनुकुल नतिजा आएको खण्डमा अर्को चरणमा स्थान पक्का गर्नेछ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.