6 years ago
November 7, 2018
टुरिन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्री टोलीका स्टार क्रिस्टियानो रोनाल्डोप्रति निकै आशावादी रहने गर्छन् । च्याम्पियन्स लिगको समूह चरणमा आज म्यानचेस्टर युनाइटेडको सामना गर्दै रोनाल्डोले गोल गर्दैमा एलिग्री विश्वस्त छन् ।
रियल म्याड्रिडबाट यो सिजन युभेन्ट्स पुगेदेखि उनी उच्च फर्म रहेका छन् । ३३ वर्षे रोनाल्डोले यो सिजन युभेन्ट्स पुगेयता सिरिएमा ११ खेलमा ७ गोल गर्नुका साथै पाँच एसिस्ट गरेका छन् । युनाइटेड रोनाल्डोको पूर्व क्लब हो । युनाइटेडले टुरिन यात्रा गर्दा रोनाल्डोले पूर्व क्लबविरुद्ध गोल गर्नेमा प्रशिक्षक एलिग्री विश्वस्त छन् ।
‘उनले बुधबारको खेलमा गोल गर्नेछन् । उनले युनाइटेडसँगको पहिलो खेल्न पाएका थिएनन्,’ उनले भने, ‘दोस्रो पनि खेलेनन् । उनले एक खेलमात्र खेलेका छन् , त्यसमा पनि उनले एसिस्ट गरेका थिए । धेरै खेल यो सिजन च्याम्पियन्स लिगमा खेलेका छैनन् । ‘
युभेन्ट्स समूह एचमा शतप्रतिशत नतिजासहित ९ अंकका साथ शीर्षस्थानमा छ । त्यस्तै युनाइटेड ४ अंकसहित दोस्रो स्थानमा छ । भ्यालेन्सियाको २ र योङ ब्वाइजको १ अंक छ ।
युनाइटेड र युभेन्ट्सबीचको खेल राती नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ । यी दुईबीचको पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको छ । आजै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजसंग खेल्नेछ ।
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]