6 years ago
November 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणको समूह चरणको ड्र सार्वजनिक भएको छ ।
छनोट प्रतियोगिता कुल ४४ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । यस प्रतियोगिताबाट अन्तिम चरणको आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । ११ समूहका शीर्ष टोली स्वत: छनोट हुनेछन् भने तेस्रो स्थान हासिल गर्ने ४ टोली पनि अर्को चरणमा पुग्नेछन् । यदि थाईल्यान्ड आफ्नो समूहमा शीर्षस्थान हासिल गरे अथवा उत्कृष्ट ४ दोस्रो स्थानमा पारेको खण्डमा पाँचौ टोली पनि छनोट हुनेछ ।
नेपाल रहेको समूह ‘ए’ मा कतार, ओमान र अफगानिस्तान रहेका छन् । कतारमा हुने प्रतियोगिता मार्च २२ देखि २६ तारिखसम्म चल्नेछ । नेपालले पछिल्लो पटक भएको यू-२३ छनोटमा छनोट चरणबाट नै घर फर्किएको थियो । यू-२३ उमेर समूहमा नेपालको नतिजा राम्रो रहन सकेको छैन । यता कतार भने पछिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको टोली हो । कतारले दक्षिण कोरियालाई तेस्रो स्थानको खेलमा हराएको थियो । सेमिफाइनलमा टोली भिएतनामसँग टाइब्रेकरमा पराजित भएको थियो ।
प्रतियोगिताका अन्य समूह :
समूह ए : कतार, ओमान, नेपाल, अफगानिस्तान
समूह बी : प्यालेस्टाइन, बहराइन, बंगलादेश, श्रीलंका
समूह सी : इराक, इरान, तुर्कमेनिस्तान, यमन
समूह डी :साउदी अरेबिया,संयुक्त अरब इमिरेट्स, लेबनान, माल्दिभ्स
समुह ई : जोर्डन, सिरिया, किर्गिजस्तान, कुवेत
समूह एफ : उज्बेकिस्तान, ताजिकिस्तान, भारत, पाकिस्तान
समूह जी : उत्तर कोरिया, हङकङम, सिंगापुर, मंगोलिया
समूह एच : दक्षिण कोरिया, अष्ट्रेलिया, क्याम्बोडिया, चाइनिज ताइपेई
समूह आइ : जापान, म्यानमार, टिमोर लेस्ते, मकाउ
समूह जे :मलेसिया, चीन, लाओस, फिलिपिन्स
समूह के :भिएतनाम, थाइल्याण्ड, इन्डोनेसिया, ब्रुनाई
प्रतियोगिताको अन्तिम चरण जनवरी ८-२६ सम्म थाइल्याण्डमा हुनेछ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]