6 years ago
November 7, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बराबरीमा रोक्दै नेपोली समूह सी को शीर्ष स्थानमा उक्लिएको छ ।
नेपोलीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा टुंगिएपछि पीएसजी भने अंक तालिकाको तेस्रो स्थानमा नै कायम रहयो । खेलको पहिलो हाफको इन्ज्युरी समयमा जुआन बर्नाटको गोलमा पीएसजीले अग्रता लिएको थियो । उनले किलियन एमबाप्पेले कटब्याकमा दिएको पासलाई गोलमा परिणत गरेका थिए ।
तर दोस्रो हाफमा नेपालीले पेनाल्टीमा बराबरी गोल फर्कायो । थियागो सिल्भाले जोसे क्यालेहनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लोरेन्जो इन्सिगनेले कुनै गल्ति गरेनन् । नेपोलीका ड्रिज मर्टेन्सले पनि दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए तर गोलरक्षक जियानलुइजी बुफोनले उत्कृष्ट बचाउ गर्दै खेलमा कायम राखे ।
यस नतिजासँगै नेपोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले पनि समान ४ खेलमा ६ अंक जोडेको छ । हेड टु हेडमा भने नेपोली अगाडी छ । पीएसजी भने ४ खेलमा ५ अंकसहित तेस्रो स्थानमा यथावत छ । लिभरपुल रेड स्टारसँग २-०ले पराजित भएपछि समूहमा सबै टोलीको सम्भावना कायम रहेको छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]