6 years ago
November 7, 2018
एजेन्सी – खेलको अन्तिम १२ मिनेटमा कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्लिस क्लब टोटेनहम हट्स्परले च्याम्पियन्स लिगको समूह चरण खेलमा पीएसभी आइन्डोभनलाई २-१ ले पराजित गरेको छ । यस यस जितसँगै स्पर्सको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै रहेको छ ।
खेलको दोस्रो मिनेटमा नै पाहुना टोली पीएसभीले अग्रता बनाएको थियो । कप्तान लुक डे योङले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । टोटेनहमले लगातार दबाब बनाएपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-० ले पछाडी रहयो । दोस्रो हाफमा पनि घरेलु टोलीले अपेक्षित सुरुवात पाउन सकेन । पीएसभीका गोलरक्षक जोरिओन जोतले लगातार बचाउ गर्दै पाहुना टोलीको अग्रता कायम राखेका थिए ।
तर ७८ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले फर्नान्डो लोरेन्टेको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । एक मिनेट समय बाँकी हुँदा केनले नै टोटेनहमलाई अग्रता दिलाए । उनले बेन डेभिसको क्रसमा गरेको हेडर दुई डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
स्पर्सले खेल अवधिभर पीएसभीको पोस्टमा ३० प्रक आक्रमण गरेको थियो । यो टोलीको च्याम्पियन्स लिग इतिहासमै सर्वाधिक प्रहार हो । केनले पछिल्लो १४ च्याम्पियन्स लिग खेलमा १३ गोल र २ असिस्ट प्रदान गरेका छन् । यता पीएसभीले भने सन् २०१५ यता १२ खेलमा जित दर्ता गर्न सकेको छैन ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]