6 years ago
November 7, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलानबीचको खेल@-१ को बराबरीमा टुङ्गिएको छ । यस नतिजासँगै समूहमा बार्सिलोनाले अग्रता कायमै राखेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । लुइस सुअारेजले पहिलो हाफमा पाएको मौका सदुपयाेग गर्न नसक्दा बार्सिलोनाले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । बार्सिलोनाका लागि ब्राजिलका विङ्गर माल्कमले अग्रता दिलाए । उनले खेलको ७ मिनेट समय बाँकी रहँदा गोल गरेका थिए ।
बार्सिलोनाले अन्तिम समयमा डिफेन्सा गल्ती गर्दा जित दर्ता गर्न सकेन । इन्टरका कप्तान माउरो इकार्डीले ३ मिनेट समय बाँकी छँदा पेनाल्टी क्षेत्रभित्र बाट गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा बार्सिलोनाले अधिकांश समय बलमा पकड बनाएपनि गोलको अवसर भने सोहिअनुसार सिर्जना गर्न सकेन । कप्तान लिअोनेल मेसी टोलीसँगै इटाली पुगेपनि प्रशिक्षक एर्नेस्टोले जोखिम लिन नचाहेपछि बेन्चमा पनि बसेनन् ।
बराबरीमा बाबजुद बार्सिलोना दोस्रो चरणमा पुगेको छ । अर्को खेलमा टोटेनहमले पीएसभीलाई २-१ ले हराएपछि बार्सिलोना अर्को चरणमा पुगेको हो । बार्सिलोनाले अब लिगको खेलमा पीएसभी र टोटेनहमको सामना गर्नेछ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]