6 years ago
November 6, 2018
पेरिस (एजेन्सी) – नेयमारका पूर्व सहकर्मी मार्टिन मोन्टायाले नेयमारको बार्सिलोनमा पुन: फर्किने मनशाय रहेको बताएका छन् । मोन्टोया नेयमारसंग बार्सिलोनामा संगै खेलेका थिए ।
स्पेनिस पत्रिका फिचाजेससंगको कुराकानीमा मोन्टोयाले नेयमारको सोच क्याम्प न्युमै फर्किने रहेको बताएका छन् । “यो अवश्य अलि कठिन हुने छ, तर मलाई लाग्छ नेयमार बार्सिलोनामा फर्किन चाहिरहेका छन् ।”
बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीको छायांबाट निस्की बलोन डि’ओर जित्ने सपना पुरा गर्न नेयमार गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) आएको बुझिएको थियो । पिएसजीले उनलाई २ सय २२ मिलियन युरो खर्चिंदै विश्वकै सर्वाधिक महंगो खेलाडी बनाएको थियो ।
पिएसजीसंगको पहिलो सिजनमा २८ गोल गरेका नेयमार सिजनको दोस्रो हाफमा चोटका कारण मैदानमा देखा परेनन् । त्यस कारण यस वर्ष नेयमार बलोन डि’ओरको शीर्ष १० मा पनि असफल भएका हुन् ।
यस सिजन भने नेयमारले १४ खेलमा १२ गोल गरिसकेका छन् । पिएसजीमा उनले गत सिजन ३ उपाधि जिते पनि विश्वकपमा सोचेअनुरुप नतिजा ल्याउन सकेनन् । कतिपय फुटबल विश्लेषकले नेयमार मेस्सीको छायांबाट युवा खेलाडी किलियन एम्बाप्पेको छायांमा गएको बताएका छन् ।
एम्बाप्पेले फ्रान्सलाई विश्वकप जिताउने क्रममा उत्कृष्ट युवा खेलाडीको उपाधी पनि जितेका थिए । यस सिजन पनि एम्बाप्पेले सिजनको निकै राम्रो सुरुवात गरेका छन् ।
बार्सिलोनामा ४ वर्षसंगै बिताएका मोन्टोयाले भने,” पेरिसले जति नेयमारका लागि खर्च्यो, बार्साले खर्चिने छैन, त्यसैले उनी फर्किन कठिन छ । तर मेस्सी र स्वारेजसंग उनको बेग्लै संयोजन थियो, त्यो उनलाई पनि थाहा छ ।”
क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेयता नेयमारलाई उनको विकल्पका रुपमा हेरिएको पनि छ ।
नेयमारले के गर्लान् – पिएसजीमै बस्लान्, बार्सिलोना फर्केलान् कि रियल म्याड्रिड जालान्?
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]