default_image

6 years ago

November 5, 2018

सहारा एकेडेमीमा फुटबल खेल्ने पारसको वचन

71 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीको अबको बन्द प्रशिक्षक पोखरामा गर्ने विषयमा छलफल भइरहेको कप्तान पारस खड्काले बताएका छन् । आहा रारा गोल्ड कपको आयोजक सहारा क्लबले दोब्बिलामा सञ्चालन गरेको एकेडेमी निरिक्षण गर्ने क्रममा सोमबार पारसले पोखरामा बन्द प्रशिक्षणका विषयमा प्रशिक्षक जगत टमाटासँग छलफल गर्ने बताएका हुन् । उनले एकेडेमीमा फुटबल नै खेल्ने इच्छा पनि जाहेर गरे ।

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) का लागि पोखरामा रहेका पारस सराङकोटमा बिहानको प्रिम्याच कन्फ्रेन्सपछि दोब्बिलास्थित सहारा एकेडेमी पुगेका थिए । पारसको कप्तानीमा रहेको चितवन राइनोज र राष्ट्रिय टोलीका महत्वपूण सदस्य शरद भेषावकरको पोखरा पल्टनबीच मंगलबार पीपीएल फाइनल हुँदैछ ।

‘आज एकेडेमीका भाईहरुसँग भेट हुन पाएन। हामी राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामै राख्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘अर्को पटक क्रिकेट टोलीका सबै खेलाडी फेरि यो एकेडेमीमा आउनेछौं र मिल्यो भने यहाँका भाईहरुसँग फुटबल पनि खेल्नेछौं ।’ पारस लगायत सञ्चारकर्मीको टोली दोब्बिला पुग्दा एकेडेमीका बालकहरु विद्यालय गइरहेका थिए ।’

पारसलाई एकेडेमीमा एकेडेमीका संयोजक एवंम क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, निर्वतवानमा अध्यक्ष वीरभद्र आचार्य लगायतले स्वागत गरेका थिए । सोही क्रममा सहाराको कामको प्रशंसा गर्दै पारसले भने, ‘सहाराले फुटबलका लागि जस्तो प्रयास गरेको छ । हामी चाहन्छौं क्रिकेट र अन्य खेलमा पनि यस्तो एकेडेमी कसैले सुरु गरोस् । कुनै पनि विकसित देशको मापन खेलकुद विकासबाट हुने भएकाले हामी सबैले खेलकुद विकासमा केन्द्रित हुनुपर्दछ ।’

पारसले खेलकुद विकासमा लागि पर्ने व्यक्ति र संस्थाको कामलाई प्रचारप्रसार गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । एकेडेमीका संयोजक थकालीले एकेडेमीको स्थापना र सञ्चालनका विषयमा पारस र सञ्चारकर्मीलाई गराएका थिए । ‘काम गर्दै जाँदा आफ्नै मैदान र आवासिय व्यवस्था हुनपर्छ भन्ने सोच आएपछि हामीले यहाँ जग्गा किनेर एकेडेमी सुरु गरेका हौं,’ उनले स्मरण गरे, ‘सुरुमा हाम्रो योजनामा कसैलाई विश्वास थिएन । तर , सरकारको सहयोग विना चन्दा संकलन गरेर नै हामीले यो संरचना तयार पारेका हौं । ‘

सामाजिक काम गर्ने उद्देश्यका साथ गठन भएको क्लबले पछि फुटबलका माध्यमबाट सेवा अघि बढाउने सोचेको उल्लेख गर्दे थकालीले भने, ‘हाम्रो मुख्य आयश्रोत भनेको आहा रारा आयोजनाबाट बचत हुने रकम र हरेक वर्ष खेलिने दउसी भैलो नै हो । त्यसबाहेकको आधार भनेको व्यक्तिगत सहयोग नै हो ।’

सहारा क्लबका निर्वतमान अध्यक्ष आचार्यले क्लबको स्थापनाले यसले पार गरेका आरोह अवरोहको स्मरण गर्दै भने, ‘कसैले कल्पना नगरेको काम हामी गर्न सफल भएका छौं, त्यसका लागि सबैको सहयोग उत्तिकै रहेको छ ।’ २०६१ साल देखि एकेडेमी सञ्चालन गरेको सहाराले २०७० सालबाट भने आफ्नै आवास र मैदानसहितको एकेडेमी सञ्चालन गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । यद्दपी त्यति बेला भने क्लबले आवसिय सुविधा नभै प्रशिक्षणको मात्र व्यवस्था मिलाएको थियो । अहिले एकेडेमीमा १६ जिल्लाका २८ असहायक बालकहरु रहेका छन् । उनीहरुको लालनपालन, फुटबल प्रशिक्षण र अध्ययनको व्यवस्था समेत सहाराले नै गर्दै आएको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.