6 years ago
November 5, 2018
बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।
मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए। प्रशिक्षणमा फर्किएपनि मंगलबारहुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए।
मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ। शुक्रबार भएको पोस्ट म्याच कन्फरेन्समा भाल्भार्देले मेस्सीलाई खेलाउनु जोखिमपूर्ण हुने भनेपनि खेलाउन सक्ने सम्भावना रहेको बताएका थिए।
मेस्सीले रियलसँगको एलक्लासिको गुमाएपनि बार्सिलोनाले रियलविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]