default_image

6 years ago

November 5, 2018

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा

51 views

0 Bookmark

लन्डन (एजेन्सी) – क्रिस्टल प्यालेसलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ । समान २७ अंक भएपनि गोल अन्तरमा चेलसीले लिभरपुललाई पछि पारेको हो । शीर्षस्थानको म्यानचेस्टर सिटीको २९ अंक छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सीलाई जिताउन अल्भेरो मोराटाले २ तथा पेड्रो रोड्रिग्वेजले १ गोल गरे । क्रिस्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए ।

खेलको शुरुवातबाटै क्रिस्टललाई दवावमा राखेको चेल्सीको गोलको लागि ३२औं मिनेट कुर्नुपरेको थियो । पेड्रो रोड्रिग्वेजको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो ।

दोस्रो हाफको शुरुमै ५३औं मिनेटमा एन्ड्रोसले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि चेल्सीले उत्कृष्ट खेल पस्कियो । ६३औं मिनेटमा चेल्सीका डेभिड लुइजको हेडरलाई प्यालेसका गोलरक्षक वाइनी हेनेसीले जोगाएपनि ६५औं मिनेटमा मोराटालाई राक्न सकेन । इडेन हाजार्डको फ्रि किकलाई मोराटाले सदुपयोग गरेका थिए ।

७०औं मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई ३–१ को सहज स्थितिमा ल्याएका थिए । इन्जुरी समयमा मोराटा ह्याट्रिक गर्नबाट चुके । मोराको शक्तिशाली प्रहारलाई गोलरक्षक हेनेसीले मुस्किलले बचाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–१ ले विजयी हुन सफल भयो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.