6 years ago
November 5, 2018
इतिहाद (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को प्रभावशाली जित निकालेको हो ।
सिटीको प्रभावशाली जितमा रहिम स्ट्रलिङले २ तथा सर्जियो अग्विरो, डेभिड सिल्भा र लिरोए सानेले समान १ गोल गर्दा १ गोल गर्दा आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका वेस्ली होइड्टले आत्मघाती गोल गर्दा ड्यानी इङ्सले सान्त्वना गोल फर्काए ।
घरेलु मैदानमा सिटीले खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट अग्रता लिएको थियो । लिरोए सानेको प्रहारलाई जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गरेको थियो । खेलको शुरुवातदेखि नै आक्रमक देखिएको सिटीले १२औं मिनेटमा अग्विरोको गोलबाट अग्रता दोब्बर पारेको थियो । अग्विरोले रहिमको पासमा गोल गरेका थिए ।
१८औं मिनेटमा डेभिड सिल्भाले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाएका थिए । ३०औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा रहिमले गोल गरेपछि सिटीले पहिलो हाफमा ४–१ को आराअदायी अग्रता दिलाएका थिए ।
पहिलो हाफमा आरामदायी अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ६७औं मिनेटमा स्टर्लिङले अग्विरोको पासमा गोल गर्दै सिटीलाई खेलमा ५–१ को अग्रता दिलाए । ९०औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई ६–१ को प्रभावाली जित दिलाए ।
सिटीले ६ गोल गर्नाका बावजुत पनि केही सुन्दर मौकाहरु खेर फालेको थियो । साउथह्याम्पनले सिटीसामु केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।
जितसँगै सिटीको ११ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको चेल्सीको २७ अंक छ । सिटीसँग पराजित साउथह्याम्पटन ७ अंकसहति १६औं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]