6 years ago
November 4, 2018
म्युनिख (एजेन्सी) – साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा फ्रेइबर्गसँग बराबरीमा रोकिँदा बोरुसिया डर्टमन्डले वल्सबर्गमाथि १–० को झिनो जित निकालेको छ ।
जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि बायर्नले शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । म्युनिखको १० खेलबाट २० अंक रहँदा शीर्षस्थानमा रहेको डर्टमन्डको समान १० खेलबाट २४ अंक छ ।
म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ८०औं मिनेटमा सर्ज ग्नाब्रीको गोलमा घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । राफिन्हाको पासमा सर्जले करिब १५ यार्डबाट गोल गर्न सफल भएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा लुकास होलरले गोल गर्दै टिमलाई हारबाट जोगाए । हारतर्फ धकेलिएको खेलमा क्रिस्टियन गन्टरको पासमा लुकासले डि–बक्सभित्रबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
शनिबार राति नै भएको अर्काे खेलमा लिगको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्डले वल्सबर्गमाथि १–० को साँघुरो जित निकाल्यो । २७औं मिनेटमा मार्काे रियुसले गरेको गोल नै डर्टमन्डको जितमा पर्याप्त बन्यो । जितपछि शीर्ष स्थानमा रहेको डर्टमन्डले दोस्रो स्थानको म्युनिखसँग ४ अंकको अग्रता लिन सफल भएको छ । शनिबार राति नै आरबी लेपिजिगले हर्था बर्लिनमाथि ३–० को सहज जित निकाल्यो । लेपिजिगको जितमा टिमो वेर्नरले २ तथा म्याथुजले गोल गरे ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]