default_image

6 years ago

November 4, 2018

वल्भ्समाथि टोटेनहमको संघर्षपूर्ण जित

78 views

0 Bookmark

वोल्भ्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राती टोटेनहम हस्टपरले वल्भरह्याम्पटन वन्डरर्समाथि ३–२ को कठिन जित निकालेको छ ।

प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा टोटेनहमको संघर्षपूर्ण जितमा इरिक लमेला, लुकास मौरा र कप्तान ह्यारी केनले गोल गरे । घरेलु टोलीका लागि रुवेन नेभेस र राहुल जिमिनेजले पेनाल्टीमार्फत गोल गरे । वोल्भ्सको घरेलु मैदानमा टोटेनहमले इरिक लमेलाको गोलबाट खेलको २७औं मिनेटमा अग्रता बनाएको थियो । इरिकले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । त्यसको तीन मिनेटपछि किरियन ट्रिपरको पासमा लुकास मौराले गोल गरेपछि टोटेनह्यामले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफमा भने टोटेनहमले घरेलु टोलीविरुद्ध राम्रो खेल्न सकेन । ६१औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरेपछि टोटेनहम ३–० को सहज स्थितिमा पुगेको थियो । तर, त्यसपछि टोटेनहमले वोल्भ्सलाई लगातार दुई पेनाल्टी दिएको थियो ।

६७औं मिनेटमा जुवान फोयथले जिमिनेजलाई डि–बक्समा लडाएपछि घरेलु टोलीले पेनाल्टीको मौका पाएको थियो । जसलाई रुवेन नेभेसले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए । ७९औं मिनेटमा वोल्भ्सले फेरि पेनाल्टीको मौका पाएको थियो । फोयथले फेरि जोनीलाई डि–बक्समा लडाएपछि वोल्भ्सले पेनाल्टीको मौका पाएको थियो । जसमा राहुल जिमिनेज चुकेनन् र खेलाई ३–२ को रोमाञ्चक स्थितिमा ल्याएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–२ ले विजयी हुन सफल भयो ।

जितपछि टोटेनहम ११ खेलबाट २४ अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । वोल्भ्स भने ११ खलेबाट १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रिमियर लिगको अन्य खेलको नतिजाहरु

बर्नमाउथ विरुद्ध म्यानचेस्टर युनाइटेड (१–)

कार्डिफसिटी विरुद्ध लेस्टर सिटी (०–)

एभर्टन विरुद्ध ब्राइटन होभ अल्वियन (–१)

न्युक्यास्ल विरुद्ध वाटफोर्ड (–०)

वेस्टह्याम विरुद्ध बर्नली (–२)

आर्सनल विरुद्ध लिभरपुल (१–१)

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.