default_image

6 years ago

November 4, 2018

युभेन्ट्सको सहज जित

96 views

0 Bookmark

टोरिनो (एजेन्सी) – साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा क्याग्लिएरीमाथि सहज जित निकालेको छ । सिरी ‘ए’ अन्तरगत शनिबार राति भएको खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि ३–१ को सहज जित निकालेको हो ।


घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबाला र जुवान क्वाडराडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फिलिप ब्राडारिचले आत्मघाती गोल गर्दा जोओ पेड्रोले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औं मिनेटमा पेड्रोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि ब्राडारिचले आत्मघाती गोल गरेपछि युभेन्ट्सले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ८७औं मिनेटमा क्वाडराडोले गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए ।

क्याग्लिएरीविरुद्धको खेलअघि रोनाल्डोलाई युरोपियन क्लब फुटबलमा ४ सय गोलको पुरा गरेकोमा क्लबले सम्मान स्वरूप ४०० अंकित जर्सी प्रदान गरेको थियो । रोनाल्डोले उक्त जर्सी प्रदर्शनी गरेका थिए । जितसँगै युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोड्दै यो सिजनको उपाधि जित्ने होडमा अघि बढेको छ । युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानमाथि ६ अंकको अग्रता लिएको छ । पराजित क्याग्लिएरी १३ अंक जोडेर १३ औं स्थानमा छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.