6 years ago
November 4, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल र लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बराबरी पछि लिभरपुल २७ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । सिटीले आज साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । बराबरीपछि आर्सनल पाचौ स्थानमा झरेको छ । आर्सनलको ११ अेदबाट २३ अंक छ ।
लिभरपुलका जेम्स मिल्नरले गोल गर्दा आर्सनलका एलेक्स लाकाजेट्टीले बराबरी गोल फर्काएका थिए । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै घरेलु टोलीविरुद्ध लिभरपुललाई अग्रता दिलाएका थिए । गोलरक्षक लेनोको गलतीमा मिल्नरले गोल गर्न सफल भएका थिए ।
१ गोलले पछि परेपछि आर्सनलले लिभरपुलमाथि दवाव सिर्जना गर्दै ८२औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । एलेक्स इओवीको पासमा लाकाजेट्टीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]