6 years ago
November 4, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडविरुद्ध २-० को जित दर्ता गर्यो । तर जितको लागि रियलले भाग्यको सहारा लिनुपर्यो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा भालाडोलिडले गरेको दुई आक्रमण क्रसबारमा लागेर फर्किएको थियो । तर भाग्यमानी रियलको भने ८४ औं मिनेटमा गरेको प्रहार भालाडोलिडकै डिफेन्सलाई लाग्दै गोलमा परिणत भयो ।
ब्राजिलियन विंगर भिनिसियस जुनियरले प्रहार गरेको सट पोस्टभन्दा बाहिर जाने देखिएको थियो तर डिफेन्डर किको ओलिभासलाई लाग्दै उक्त सट गोलमा परिणत भयो । अन्तिम समयमा करीम बेन्जेमालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गरे ।
पछिल्लो ५ लिग खेलमा १ अंक मात्र जोड्न सफल रियलले पछिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग ५-१ को पराजय भोगेको थियो । उक्त हारपछि रियलले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो । त्यसयता टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा सान्टियागो सोलारीले जिम्मेवारी सम्हालेका छन् । सोलारीले मध्यसातामा कोपा डेल रेअन्तर्गत मेलिलाविरुद्ध ४-० को जित पनि दिलाए ।
लिग खेलमा भने रियलको प्रदर्शन राम्रो रहन सकेन । हाफ टाइममा समर्थकहरुले सिठी बजाएर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए भने दोस्रो हाफमा टोली दबाबमा नै रहयो । प्रशिक्षक सोलारीले चोटका कारण केहि नयाँ खेलाडी मैदान उतार्नुपर्यो तर उनीहरुको प्रदर्शन सन्तोषजनक मात्र रहयो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका भिनिसियस नै निर्णायक सावित भयो ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]