6 years ago
November 4, 2018
एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अन्तिम ३ मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ।
बार्सिलोनाले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो । लुइस सुअारेजले जोर्डी अल्बाक पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको १० मिनेट समय बाँकी रहँदा घरेलु टोली भालेकानोले बराबरी गोल फर्कायो । जोसे पोजोको गोलसँगै पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफमा भालेकानोले अग्रता लियो । ५७ अौं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना स्तब्ध बनेको थियो । तर अन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना फर्कियो । ८७ अौं मिनेटमा अोस्मान डेम्बेलेले बराबरी गोल गरेको केहि बेरमै लुइस सुअारेजले विजयी गोल गरे ।
यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा ४ अंकले अगाडी छ । बार्साको ११ खेलमा २४ अंक छ भने एट्लेटिको म्याड्रिड समान खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अलाभेस २० अंक सहित तेस्रो स्थानमा छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]