6 years ago
November 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो ।
घरेलु फुटबलमा ए डिभिजन लिगको विश्रामको अवसरमा सिक्किम पुगेको मनाङले बाई पाएर सोझै क्वार्टरफाइनल खेलको यिथो । क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराएको मनाङले कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका सुजलले सिक्किममा मनाङले खेलेका सबै ३ खेलमा गोल गरे । क्वार्टरफाइनलमा २ गोल गरेका सुजलले सेमिफाइनलमा पनि १ गोल गरेका थिए । सेमिफाइनलमा डोना थापाले ह्याट्रिक गरेका थिए ।
दसै अघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी सुरुवात गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोली हो ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]