6 years ago
November 3, 2018
पेरिस (एजेन्सी) – युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्ट गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार भएको लिग वन अन्तर्गतको खेलमा लिललाई २-१ ले पराजित गरेको छ ।
लिगमा लगातार १२ अौं जित दर्ता गर्दै पीएसजीले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको हो । पीएसजीलाई जित दिलाउन निकै प्रतिस्पर्धात्मक खेलमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काएपनि त्यसले नतिजामा असर परेन । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।
गोलरहित रहेको पहिलो हाफमा पीएसजीले पाएको मौका सदुपयोग गर्न सकेन । दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट अाएको थ्रु पासलाई ७० अौं मिनेटमा गोल गरे । त्यसको १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर पीएसजीले अग्रता कायम राख्दै १२ अौं जित दर्ता गर्यो ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]