6 years ago
November 3, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डि ब्रुयन चोटका ६ साता मैदान बाहिर रहने भएको छ । कारवाओ कप अन्तरगत बिहिबार राति फुलहमविरुद्ध २–० को जित निकालेका खेलमा ब्रुयनले चोट बोकेका थिए ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा केभिनले फुलहमका तिमोथी फोसु मेन्साहासँग ठोक्किदै बाया खुट्टामा चोट बोकेका थिए । यो सिजन दोस्रो पटक घाइते भएका ब्रुयनले म्यानचेस्टर डर्बीको खेल गुमाउने पक्का भएको छ । २७ वर्षीय ब्रुयनले दुई महिना अघि प्रशिक्षणकै क्रममा चोट बोकेका थिए ।
ब्रुयनले च्याम्पियन्स लिग अन्तरगत दुई साताअघि साख्तर डोनेक्सविरुद्धको खेलबाट पूनरागमन गरेका थिए । तर, उनको पुनरागमन निकै पीडादायी बन्यो ।
उनले ५ प्रिमियर लिग र २ च्याम्पियन्स लिगका खेल गुमाउनेछन् । उनले साउथह्याम्पटन, साख्तर डोनेक्स, म्यानचेस्टर युनाइटेड, वेस्टह्याम, लियोन, बर्नमाउथ र वाटफोर्डविरुद्धको खेल गुमाउने पक्का भएको छ ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले डिसेम्वर ८ मा चेल्सीविरुद्धको खेलमा ब्रुयन तयार हुने बताएका छन् । ‘उनको पहिलो इन्जुरी निकै खतरनाक थियो । उनी हामी दुवै दुःखी थियौं,’ प्रशिक्षकले पेपले भने, ‘यसपटकको इन्जुरी पहिलो भन्दा केही सामान्य इन्जुरी हो । उनले खेलमा छिट्टै पुनरागमन गर्नेछन् । उनी थप बलियो भएर आउनेछ ।’
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]