6 years ago
November 3, 2018
लिस्बन (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्टार लुइस फिगो युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट गोलकर्ता मध्ये एक मान्छन् । तर पनि रियलकै पूर्व स्टार ब्राजिलियन रोनाल्डो लुइस नाजारियो डी लिमा जत्तिको पूर्ण भने क्रिस्टियानो हुन बाँकी रहेको फिगोको बुझाई छ ।
रियलका पूर्व स्टार क्रिस्टियानोले देश र क्लबका लागि गरि ६ सय ६५ गोल गरिसकेका छन् । फुटबलमा उनले कीर्तिमान बनाइसकेका छन् र आउने दिनमा अझै थप कीर्तिमान बनाउने सम्भावना छ । रोनाल्डोले आफ्नो खेल जीवनमा ३ सय ५३ गोल गरे । जसमा ब्राजिलका लागि ६२ गोल गर्ने क्रममा दुई पटक विश्व कप पनि जितेका छन् । दुवै खेलाडीको उच्च प्रशंसा गरेका फिगोले क्रिस्टियानो ब्राजिलियन रोनाल्डो भन्दा धेरै पछि नरहेको बताएका छन् । फिगोले दुवै सुपर स्टारसँग खेलेका छन् ।
‘क्रिस्टिायोनाले हेडमार्फत बढी गोल गरेका छन् । तर दुवै प्रभावशाली खेलाडी हुन्,’ फिगोले भने, ‘क्रिस्टियानो अहिले पनि खेल्दैछन् । मलाई आशा छ उनी सर्वाधिक गोल गर्ने खेलाडीमध्ये एक हुनेछन् । दुवै खेलाडी यस्ता हुन् जसले गोल गर्छन् नै । दुवै पहिला गोल गर्न प्रयास गर्छन् अनि मात्र आराम गर्छन् । ‘ क्रिस्टियानो यहि सिजन रियलबाट युभेन्ट्स पुगेका थिए । उनले सिरिएका १० खेलमा ७ गोल गरिसकेका छन् ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]