6 years ago
November 2, 2018
वाशिंगटन (एजेन्सी) – मेजर लिग सकर (एमएलएस) प्लेअफको पहिलो चरणमा पेनाल्टीमा चुकेपछि डिसी युनाइटेड बाहिरिएको छ। अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि कोलम्बस क्रिउ टाईब्रेकरमा ३-२ ले विजयी भएपछि डिसी बाहिरिएको हो। टाई ब्रेकरमा वेन रुनीले गोल गर्न सकेनन्।
खेलमा घरेलु टोली डिसीले २१ औं मिनेटमा फेडरिक ब्रिलियन्टको गोलमा अग्रता लिएको थियो। ३० औं मिनेटमा भ्रमणकारी कोलम्बसका लागि मिडफिल्डर फेड्रिको हिगुएनले बराबरी गोल गरे।
नियमित समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलमा हिगुएनले ९६ औं मिनेटमा कोलम्बसलाई अग्रता दिलाए। खेल सकिन ४ मिनेट बाँकी हुँदा निक डेलिअनले गोल गर्दै खेललाई टाई ब्रेकरमा पुर्याए।
टाई ब्रेकरमा हिगुएनले गोलबाट सुरु गरेपनि रुनीले गोल गर्न नसक्दा डिसी पहिलो प्रहारबाटै पछि पर्यो। डिसीका लागि लुसिआनो आकोस्टा र डेलिअनले गोल गर्न नसकेपछि खेल कोलम्बसले ३-२ ले पक्षमा पर्यो।
डिसीका लागि पहिलो तीन खेलपछि कप्तानी गरेका रुनीले २० खेलमा १२ गोल र ८ असिस्ट गरे। उनको आगमनपछि लिगको पुछारमा रहेको डिसीले प्लेअफमा स्थान बनाएको हो।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]