6 years ago
November 3, 2018
पेरिस (एजेन्सी)– फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एडिन्सन कभानीले च्याम्पियन्स लिग जित्नका लागि टोलीले अझै एकताबद्ध भएर काम गर्नुपर्ने बताएका छन् । नेयमार, केलियन एमबाप्पे जस्ता स्तरीय खेलाडी हुनका बावजुद पीएसजीले च्याम्पियन्स लिगमा भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन ।
नेयमार र एमबाप्पे अघिल्लो सिजन पिएसजीमा आबद्ध भएपनि टोलीले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गन सकेन । यो सिजनमा पनि टोलीको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । काभानीले च्याम्पियन्स लिग जित्नका लागि के गर्नुपर्दछ भन्ने विषयमा आफ्नो भनाई राखेका छन् । ‘मैले सम्झौता गर्नुअघि क्लबले आफ्नो लक्ष्यका बारेमा प्रष्ट पारेको थियो । त्यो मेरो दिमागमा छ । मैले त्यसको सधै सम्मान गरेको छु । म जित्न चाहन्छु , किनकी जितका लागि नै मलाई यहाँ ल्याइएको हो,’ उनले भने ।
काभानीले एट्लेटिको म्याड्रिड र युभेन्ट्सको जस्तै सामूहिक प्रदर्शन पिएसजीले गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्यसको मतलब अहिले हामीले सामूहिक प्रदर्शन गरेका छैनौं भन्ने होइन,’ काभानीले थपे, ‘हामीले कोशिस गरिरहेका छन् । नेयमार वा एमबाप्पेसँग सहकार्य भएको छैन भनेको होइन । तर हामीले नयाँ प्रशिक्षकका साथ मिलेर अझै सामूहिक प्रदर्शन गर्न आवश्यक छ ।’
च्याम्प्यिन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन आउने खेलमा पीएसजीले सफल नतिजा निकाल्नु पर्ने हुन्छ । लिभरपुलसँग पराजित भएको पिएसजी नेपोलीसँग २–२ को बराबरीमा रोकिएको थियो । अर्को एउटा खेल जितेको पिएसजी ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । लिभरपुल (६) पहिलो र नेपाली (५) दोस्रो स्थानमा छ ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]