6 years ago
November 2, 2018
लन्डन (एजेन्सी) – युवा खेलाडी ब्राहिम डियाजको दुई गोल मद्दतमा म्यानचेस्टर सिटी इंग्लिस लिग फुटबल (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदान इतिहादमा बिहिबार राति भएको खेलमा सिटीले फुलहमलाई २–० ले पराजित गर्दै कारवाओ कपको अन्तिम आठमा पुग्न सफल भएको हो । सिटीका लागि युवा खेलाडी ब्राहिमले पहिलो र दोस्रो हाफमा समान १ गोल गरे । १८औं मिनेटमा भिसेन्ट कोम्पनीको पासमा ब्राहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेपछि सिटीले फुलहमलाई दवावमै राखेपनि दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
६५औं मिनेटमा डियाजले टिमका लागि तथा व्यक्तिगदा दोस्रो गोल गर्दै सिटीको जित पक्का गरेका थिए । गाब्रियल जेससको प्रहारलाई फुलहमका गोलरक्षकले रोकेपनि रिवाउन्डमा ब्राहिमले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी २–० ले विजयी हुन सफल भयो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]