default_image

6 years ago

November 1, 2018

साफ यू–१५ः नेपाल सेमिफाइनलमा पराजित, बंगलादेश र पाकिस्तानले फाइनल खेल्ने

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो संस्करणको उपविजेता नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।  नेपाल बिहिबार पाकिस्तानसँग ४–० ले पराजित हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बिहिबार भएको खेलमा नेपालले बलियो पाकिस्तानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

पाकिस्तानले ५४औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई जान लिम्बुले क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टको दिशा लिएको थियो ।

५९औं मिनेटमा जान लिम्बुले पाकिस्तानी खेलाडीलाई डि–बक्समा लडाएपछि पाकिस्तान मोहम्मद उल्लाहले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाएका थिए ।

६९औं मिनेटमा प्राप्त अर्काे पेनाल्टीमा मोहम्मदले गोल गर्दै पाकिस्तानलाई ३–० को सहज स्थितिमा पु¥याएका थिए । ७७ औ मिनेटमा मोइन अहमदले गोल गर्दै पाकिस्तानलाई ४–० को सहज जित दिलाए ।

अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले बिहिबारै भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । नेपालले शनिबार तेस्रो स्थानको लागि भारतसँग खेल्नेछ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.