default_image

6 years ago

November 1, 2018

अस्ट्रेलियामा सुलभलाई वर्षको उत्कृष्ट गोलको उपाधि

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् ।

अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेको थियो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको अवार्डमा सिग्नेचर मनाङ मस्र्याङ्दीका पूर्व मिडफिल्डर पर्न सफल भएका छन् ।

वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध सुभलले २ गोल गरेपनि उनको टोली त्यो खेलमा ४–३ ले पराजित भएको थियो । उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने खेलाडीलाई विजेता घोषित गरिएको थियो ।

हेर्नुहोस सुलभको गोल

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.