6 years ago
November 1, 2018
मड्रिड (एजेन्सी) – डिफेन्डर क्लिमेन्ट लिङलेटले इन्जुरी समयमा गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रे को पहिलो लेगमा तेस्रो डिभिजनको कल्चरल लियोनेसामाथि १–० को कठिन जित निकालेको छ ।
लियोनेसाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लियोनेसालाई पराजित गर्न बार्सिलोनालाई निकै हम्मे–हम्मे परेको थियो । लिङलेटले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए ।
इन्जुरी समयमा लियोनेसाका सर्जियो मार्काे रातो कार्ड मैदानबाट बाहिरिएको थिए । बार्सिलोनाले एल क्लासिकोमा रियललाई पराजित गर्दाको टिमबाट पुरै ११ खेलाडी परिवर्तन गरेको थियो । लियोनेसाका केही प्रहारलाई बार्सिलोनाका गोलरक्षक जस्पर सिलेसनले बचाएर सम्भावित हार टारेका थिए । दोस्रो लेग डिसेम्वर ६ मा हुनेछ ।
बुधबार राति नै भएको अन्य खेलहरुमा गेटाफेले कोर्डावालाई तथा रियल भालाडोलिडले मलर्कालाई समान २–१ ले पराजित ग¥यो । जिरोना र डिर्पोटिभो अलाभेसले २–२ गोलको बराबरी खेले ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]