default_image

6 years ago

November 1, 2018

सोलारीको पहिलो खेलमा रियल ४-० ले विजयी

60 views

0 Bookmark

मड्रिड (एजेन्सी) – अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको प्रशिक्षणमा मैदान उत्रिएको स्पेनिस जाइन्ट रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तरगतको पहिलो लेगमा तेस्रो डिभिजनको मेलिलामाथि ४-० को सहज जित निकालेको छ ।


मेलिलाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मेलिलामाथि ४–० को सहज जित निकालेको हो । रियलले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि मुख्य प्रशिक्षक जुलियन लुपेटेगुईलाई बर्खास्ती गरेको थियो । त्यसपछि रियलले सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । रियलले सोलारीको पहिलो प्रशिक्षणमा सहज जित निकाल्न सफल भएको हो ।


२८औं मिनेटमा अल्भारो ओर्डिजोलाको पासमा बेन्जेमाको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा भेनेसियस जुनियरको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । रियलले दोस्रो हाफमा पनि दुई गोल गर्न सफल भयो ।

७९औं मिनेटमा भेनेसियस जुनियरको पासमा ओर्डिजोलाले गोल गरेपछि रियलले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो । इन्जुरी समयमा ओर्डिजोलाको पासमा क्रिस्टो गोन्जालेजले गोल गर्दै रियललाई ४–० को सहज जित दिलाए ।

दोस्रो लेग ६ डिसेम्वरमा रियलको घरेलु मैदानमा हुनेछ ।

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.