default_image

6 years ago

November 1, 2018

मेसीले प्रशिक्षण सुरु गरे

93 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसी अभ्यासमा फर्केका छन् । हातको हड्डी भाच्चिएका कारण पछिल्लो दुई खेल गुमाएका मेसी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका छन् ।

अक्टुबर २० मा सेभिल्लालाई ४–२ ले हराएको खेलमा मेसीको हातमा चोट लागेको थियो । चोटका कारण उनी धेरै हप्ता मैदान बाहिर रहने अनुमान गरिएको थियो । ३१ वर्षे मेसीले इन्टर मिलानसँगको च्याम्पियन्स लिग र आइतबार रियल म्याड्रिडसँगको एल क्लासिको गुमाएका थिए ।

एल क्लासिकोमा बार्सिलोनाले ५–१ विजयी भएको थियो । बार्सिलोनाले मेसीको फोटो पोष्ट गर्दै उनी अभ्यासमा फर्केको उल्लेख गरेको छ । बार्सिलोना प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले फिटनेस परिक्षणपछि मात्र मेसीको पुनरामगन निश्चित हुने बताएका छन् । बार्सिलोनाले आइतबार रियो भालेसानोको सामना गर्दैछ । त्यो खेलमा नभए उनी मंगलबार इन्टर मिलानसँगको च्याम्पियन्स लिगमा फर्केने अपक्षा गरिएको छ ।

चोटग्रस्त हुनु अघि मेसीले १२ गोल गरिसकेको छन् । त्यसमध्ये उनले पछिल्ला ३ खेलमा ४ गोल गरेका थिए । सेभिल्लाअघि उनले भ्यालेन्सिया र टोटेनह्यामविरुद्ध गोल गरेका थिए । बार्सिलोनाले च्याम्पियन्स लिग र ला लिगामा उच्च प्रदर्शन गरिरहेको छ । बार्सिलोना २१ अंकका साथ शीर्षस्थानमा छ ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.