default_image

6 years ago

October 31, 2018

सावित्राको गोलका बावजुद नेपालको हार

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हारबाट चीन यात्राको अन्त्य गरेको छ । मैत्रीपूर्ण खेलअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाली टोली बुधबार बेजिङ फोनिक्ससँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फाइनल तस्बिर

 

यहि टोलीसँगको पहिलो मैत्रीपूर्ण खेल नेपाली टोलीले ४–१ ले गुमाएको थियो । ३ मध्ये नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा भने बेजिङ युनिभर्सिटीलाई ३–० ले हराएको टोली नेता एवंम् एन्फाका केन्द्रिय सदस्य कुमार केसीले जानकारी दिए ।

बुधबार नेपाली टोली ५५ औं मिनेटमा खेलमा पछि परेको थियो । तर, ७० औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन । तर, खेल सकिन ११ मिनेट अघि फोनिक्स टोलीले अर्को गोल थप्दै नेपाली टोलीमाथि जित दर्ता गराएको थियो ।

म्यानमारमा आयोजना हुने ओलम्पिक छनोटमा भाग लिनु अघि नेपाली टोली अन्तिम तयारीका लागि चीन यात्रामा निस्केको थियो । अब शुक्रबार नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गर्नेछ । अहिले चीन यात्रामा रहेका मध्ये ५ खेलाडी स्वदेश फर्कनेछन् भने यू १९ का ३ खेलाडी म्यानमार पुग्ने एन्फाले जनाएको छ ।

यू १९ का तीन खेलाडी अन्जना रानामगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन राष्ट्रिय टोलीमा आबद्ध हुन शुक्रबार म्यानमार जानेछन् । सोही दिन चीन यात्रामा रहेका मध्येका पाँच खेलाडी लिला लाम्काडे, इन्दिरा राई, शर्मिला थापा, मेनुका गिरी र दीपा अधिकारी स्वदेश फर्कनेछन् ।

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो । हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् र हिराचन थकाली व्यवस्थापक छिन् ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.