default_image

6 years ago

October 31, 2018

एएफसीद्धारा सदस्य राष्ट्रलाई दिने अनुदानमा तीन गुणाले बृद्धि

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एशियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना सदस्य राष्ट्रलाई दिने अनुदान तथा सहयोग रकममा वृद्धि गरेको छ ।


एएफसी मुख्यालय क्वाललम्पुरमा मंगलबार र बुधबार बसेको एएफसी कंग्रेसले सदस्य राष्ट्रलाई दिने सहयोग रकम तीन गुणाले बढाउने निर्णय गरेको हो ।यससँगै हरेक सदस्य राष्टहरुले फुटबल बिकास र हाइ पफरमेन्सका लागि वार्षिक १४ करोड २८ लाख रुपैयाँ पाउनेछन् ।

यसअघि एएफसीका सबै सदस्य राष्ट्रले करिव ४ करोड रुपैयाँ पाउँदै आएका थिए । एएफसीमा ४७ सदस्य राष्ट्र छन् । वार्षिक अनुदान १४ करोड २८ लाख भएपनि सम्बन्धित राष्ट्रले बार्षिक कम्तीमा २ करोड ५० ला पाउनेछ ।

बाँकी रकम सम्बन्धित सदस्य राष्ट्रले प्रभावकारी कार्यक्रम एएफसीसमक्ष बुझाएको प्रतिवेदनपछि पाउनेछ । यो रकम एएफसीबाट कार्यक्रम स्वीकृत गराई राष्ट्रिय टोली तयारी, अन्तर्राष्ट्रिय सहभागिता, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा खर्च गर्न सकिनेछ ।

फिफाले पनि आफ्नो सदस्य राष्टलाई वार्षिक रकम उपलब्ध गराउदै आएको छ । एएफसी कंगे्रसमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका प्रवक्ता किरण राई उपस्थित रहेका थिए ।

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.