6 years ago
October 31, 2018
रोम (एजेन्सी)– रियल म्याड्रिडको नयाँ प्रशिक्षकको दौडबाट चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेले आफुलाई अलग राखेका छन् । रियलको प्रशिक्षणको जिम्मेवारी सम्हाल्नु अहिलेका लागि सहि समय नभएको कोन्टेले बताएका छन् ।
यसै साता एल क्लासिकोमा बार्सिलोनासँग ५–१ ले पराजित भएपछि रियलले प्रशिक्षक जुलिन लोपेटेगुइलाई बर्खास्त गरेको थियो । त्यसपछि इटालियन कोन्टे रियलको नयाँ प्रशिक्षक नियुक्त हुने चर्चा सुरु भएको थियो । जुलाईमा चेल्सी छाडेका कोन्टे यो विश्रामलाई केहि समय अझै लम्बाउने पक्षमा छन् । उनले त्यसअघि युभेन्ट्स र इटालीको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए ।
रियलले यो सिजन लिगमा कमजोर प्रदर्शन गरिरहेको छ । यदि सहि लाग्थ्यो भने कोन्टेले सिजनको मध्यममा पनि रियलको नेतृत्व सम्हाल्न तयार हुन्थे । लोपेटेगुइको बर्खास्तीपछि रियलले सान्टियागो सोलारीलाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । ४२ वर्षे सोलारीलाई केहि साताका लागि मात्र कार्यवहाकको जिम्मेराी दिएको र क्लबले स्थायी रुपमा प्रशिक्षक नियुक्त गर्न चाहेको बताएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]